News Category 2071/10/21
सप्तरीका ४३ वटा झोले विद्यालयहरु बन्द, ९ विद्यालय गाँभिए
दैनिक संवाददाता
राजविराज, २० माघ ।
कागजमै सीमित रहेका सप्तरीका ४३ वटा झोले विद्यालयहरुलाई बन्द गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा संचालनमा नरहेका तथा सरकारको सुबिधा प्राप्त गर्दै आएका ४३ वटा त्यस्ता विद्यालयहरुलाई बन्द गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरि जिल्लाका अन्य ९ वटा विद्यालयहरुलाई नजिकको विद्यालयमा गाँभिएको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जिशिअ भट्टराईले दिएको जानकारी अनुसार जिल्लाको गायत्री सामुदायिक विद्यालय फर्सैठ ८, जनकल्याण प्रा.वि.रायपुर ८ बघहाखाल, जनता रा.प्रा.वि.महुकी २ पत्थरगाडा, दलित जनजाती आधारभुत विद्यालय देवधार भिडिया भंगाहा ३, सरस्वति रा.प्रा.वि. मलेठ १ झोलहरी, ज्ञान ज्योति रा.प्रा.वि.सिस्वा बेल्ही २, ग्राम देवता रा.प्रा.वि. फर्सैठ ९ झल्हीलाई बन्द गरिएको छ ।
त्यस्तै रा.प्रा.वि लालापट्टी १, बाबा डिहवार रा.प्रा.वि बिषहरिया २, मोडेल रा.प्रा.वि. नर्घो २, रा.प्रा.वि.नर्घो ७, दलित ज.रा.प्रा.वि.बनैनिया ९, सामुदायिक रा.प्रा.वि. बिषहरिया ८, ज.रा.प्रा.वि. पातो ३, ज.रा.प्रा.वि. भुतही ३, रा.प्रा.वि. लक्ष्मीपुर २ दौलतपुर, ज.रा.प्रा.वि.हर्दिया ३, जन एकता रा.प्रा.वि.पकरी ७, रा.प्रा.वि.डिमन ७ राम टोल, बजरंगी रा.प्रा.वि.लोहजारा ६, रा.प्रा.वि. डिमन ९, सामुदायिक रा.प्रा.वि.मनियार प्रसाही ८ डाढा, रा.प्रा.वि. मलेठ ४, रा.प्रा.वि. फर्सैठ १, ज.रा.प्रा.वि. राजविराज १० दलित टोल र पब्लिक सरस्वति रा.प्रा.वि. बिषहरिया २ लाई बन्द गरिएको जनाइएको छ ।
यसैगरी एकता रा.प्रा.वि.बिषहरिया ८, रा.प्रा.वि.बेल्ही ६ बिषहरिया, आदर्श रा.प्रा.वि.छिन्नमस्ता १ सखडा, रा.प्रा.वि. छिन्नमस्ता ७ मोहनपुर, मदरसा इस्लामिया रा.प्रा.वि.फकिरा ९ खानटोल, दुर्गामाता रा.प्रा.वि.बिषहरिया ८, रा.प्रा.वि. मधवापुर २, रा.प्रा.वि. नयाँ टोल महदेवा ५ अकबरपुर, रा.प्रा.वि. महदेवा ३ चकला, बि.पि.रा.प्रा.वि.धाँतीटोल मधवापुर १, मदरसा मिसवाहुल उलुम फत्तेपुर ८, दलित रा.प्रा.वि. कुस्माहा ८ सारस्वर, दलित रा.प्रा.वि.गौरा सारस्वर ५, डिहबार बाबा प्रा.वि.काचन २, रा.प्रा.वि. बनौला ,मदरसा सेराजुल उलुम बिषनपुर २ कल्याणपुर र मदरसा इस्लामिया खर्चुहिया खोजपुर ६ लाई समेत बन्द गरिएको जिशिअ भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाकै अन्य ९ विद्यालयलाई नजिकको विद्यालयमा गाभिएको छ । जसमा रा.प्रा.वि. कुशवाहा टोल लोहजारा १ मा सोही ठाउँका प्रा.वि.कुशवाहा टोल लोहजारा १ लाई गाँभिएको छ । त्यस्तै नि.मा.वि.इनर्वा ६ मा रा.प्रा.वि. सखुवा ९ इनर्वालाई, उमेश्वर रा.प्रा.वि.लौनियामा रामजानकी रा.प्रा.वि.लौनिया तिलाठीलाई, हरिहर हरिनारायण रा.प्रा.वि.सडेपार बभनगामाकट्टीमा रा.प्रा.वि.को.मधेपुरा ८ लाई, ज.रा.प्रा.वि.छिन्नमस्ता ७ मोहनपुरमा डिहवार रा.प्रा.वि. छिन्नमस्ता ७ मोहनपुरलाई, ज.रा.प्रा.वि.लालापट्टी ९ मा वि.पि.रा.प्रा.वि.लालापट्टी ८ खुदीबखारीलाई, जनता डिहवार रा.प्रा.वि.फकिरा ९ इनर्वामा रामजानकी रा.प्रा.वि.फकिरा ८ र बजरंगी रा.प्रा.वि.फकिरा ९ लाई गाँभिएको जिशिअ भट्टराईले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ