News Category 2071/10/22
सशस्त्र प्रहरीद्वारा १ सय ८५ किलो गाँजा बरामद
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
एक साता नबित्दै सप्तरीमा पुनः गाँजा बरामद भएको छ । जिल्लाको अर्नाहा गाविसबाट १ सय ८५ किलो गाँजा बरामद भएको हो ।
मंगलबारराति सशस्त्र प्रहरीले अर्नाहा १ स्थित सोही गाविस ५ का तेज नारायण यादवको गाईगोठबाट १ सय ८५ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएको गाँजा सार्वजनिक गरेको छ । बिशेष सूचनाको आधारमा राती १ बजे गाइगोठमा ११ बटा बोरामा प्याकिङ गरि राखेको अवस्थामा सो गाँजा बरामद गरिएको प्रहरी नायब उपरिक्षक निरबहादुर अधिकारीले जानकारी दिनुभयो ।
गाँजा बरामद गरिएको स्थानमा कोही पनि नरेहकोले सशस्त्र प्रहरी गाईगोठ धनीको घरमा छापा मार्न जाँदा त्यहाबाट मानिस फरार भइसकेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।
बरामद गरिएको गाँजा जिल्ल प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि माघ १४ गते जिल्लाको शम्भुनाथ नगरपालिका ११ का गुल्टेन मण्डलको घरमा रहेको परालको टालबाट १ सय ७५ किलो गाँजा बरामद गरिएको थियो । यसअघि दुई महिनाअघि सप्तरीको भारदहस्थित कोशी नदीमा ढुङ्गाबाट भारततर्फ लैजादै गरेको अवस्थामा १ सय ७५ केजी गाँजासहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको थियो ।
यसरी महिनैपिच्छै १ सय ७५ केजीको हाराहारीमा गाँजा बरामद भइरहेकोमा जिल्ला गाँजाको “ट्रान्जिट प्वाइन्ट” बन्दै गरेको प्रहरीको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ