News Category 2071/10/22
शम्भुनाथ नपामा तालाबन्दी
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
कर्मचारी नियुक्ति गरेको भन्दै सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानियहरुले तालाबन्दी गरेका छन् । सार्वजनिक सूचना प्रकाशन नगरि गोप्य तरिकाबाट ७ जनालाई करार नियुक्ति गरेको भन्दै स्थानियहरुले बुधबार तालाबन्दी गरेका हुन् ।
सो कार्यालयमा ओभरसियर पदमा एक जना र अमिन, पियन, कम्प्युटर अपरेटर, ड्राईभर गरी जम्मा ७ जनालाई करारमा नियुक्त गरिएको छ ।
यता नगरपालिकाका कार्यकारी अधिकृत बालकृष्ण ढुङागानाले पुस मसान्तमा सम्पन्न नगरपरिषद्बाट करारमा नियुक्त गर्ने कुरा पारित भइसेकेकोले सो नियुक्ति गरिएको जानकारी दिनुभयो ।
स्थानियहरुलाई प्राथमिकता दिने प्रावधान रहे बमोजिमले नै नगरपालिकाले सातै जना स्थानिय व्यक्तिलाई नै नियुक्त गरिएको उहाँले दाबी गर्नुभयो । यता कार्यालयमा तालाबन्दी भएपछि बुधबार कामकाज प्रभावित भएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ