News Category 2071/10/23
आन्दोलन नरोकिने चेतावनी
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले बिहीबार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर हटियामा भावी आन्दोलनलाई सशक्त बनाउने सन्दर्भमा बिभिन्न पार्टीका अगुवा नेता कार्यकर्ता तथा स्थानीयहरुसँग अन्तरक्रिया गरेको छ ।
सत्तापक्षले बहुमतबाटै संबिधान बनाउन प्रयास थालेपछि त्यसको बिरुद्धमा सशक्त आन्दोलनको तयारी स्वरुप मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा अगुवा कार्यकर्ता तथा स्थानीयहरुसँग अन्तरक्रिया शुरु गरेको हो ।
एकिकृत नेकपा माओवादीका नेता तथा सप्तरी क्षेत्र नम्बर १ का सभासद् मानपुर चौधरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा मोर्चामा आबद्ध बिभिन्न दलका नेता तथा सभासद्हरुले सत्तापक्षले जवर्जस्ती बहुमतको आडमा संबिधान बनाउन खोजेकोले त्यसको बिरुद्धमा सशक्त आन्दोलनको आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का सभासद् अशोक कुमार मण्डल (अमर) ले काँग्रेस र एमालले जवर्जस्ती बहुमतको आडमा प्रतिगामी संबिधान बनाउन खोजेकाले मोर्चाले सशक्त आन्दोलन शुरु गर्न लागेको बताउँदै अहिलेसम्मको प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न आन्दोलनको बिकल्प नभएको बताउनुभयो ।
सो कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रीय सदस्य तथा पुर्वसभासद् हेमराज तातेडले सहमतिको आधारमा संबिधान निर्माण गर्नुको साटो सत्तापक्षले बहुमतको आडमा जवर्जस्ती बनाउन खोजेर मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् सुबोध पोखरेल, मधेशी जनअधिकार फोरम नेपालकी सभासद् लक्ष्मी चौधरी, एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक असर्फी सदा, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य चितनारायण यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य जगदेव यादव, मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिल झा लगायतले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।
प्रशक्षिण कार्यक्रम पश्चात् जुलुस निकालि प्रदर्शन हुनुका साथै कोणसभा समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ