News Category 2071/10/24
कानुन व्यवसायीहरुलाई ईमान्दारीपुर्वक सेवा दिई भरपर्दो बन्न आग्रह
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
पुनरावेदन अदालतका मुख्य न्यायधिश इश्वर प्रसाद खतिवडाले सम्पुर्ण कानुन व्यवसायीहरुलाई ईमान्दारीपुर्वक सेवा दिई भरपर्दो बन्न आग्रह गर्नुभएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन सप्तरीको शुक्रबार तेश्रो बार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले कानुन व्यवसायीहरुलाई स्तरीय कामका साथै परिवर्तन तर्फ उन्मुख हुन समेत अनुरोध गर्नुभयो ।
एशोशिएसनका अध्यक्ष गुन्जेश्वर मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायधिश रामहरी अधिकारी, एशोसिएशनका केन्द्रिय सदस्य पुलकित चौधरी, पुनरावेदन बार एकाईका अध्यक्ष महेन्द्र चौधरी, जिल्ला बारका अध्यक्ष कृपा नारायण यादव, लेखापढी व्यवसायी संघका सुर्य नारायण यादव, मोरङ्ग लेखापढी व्यवसायी संघका अध्यक्ष देवराज घिमिरे, जयनारायण देव, बयोबृद्ध जगदिश प्रसाद यादव, अधिबक्ताहरु रामानन्द साह, देव नारायण यादव, गजराज पाण्डे, महेश यादव लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य लेखापढी संघका मानदेव मण्डलले गर्नुभएको थियो ।
यसैबीच नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन सप्तरीको सम्पन्न तेश्रो बार्षिक साधारण सभाबाट सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
गुन्जेश्वर मण्डलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राजकुमार शर्मा, सचिवमा मानदेव मण्डल, सहसचिवमा रामनारायण यादव र कोषाध्यक्षमा बेचन यादव चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा महेन्द्र यादव, भागवत साह, हरिहर मण्डल, बिन्देश्वर खंग, रामनाथ यादव, दरपी प्रसाद दास र गंगाप्रसाद मण्डल चयन भएको जनाइएको छ । त्यस्तै पार्षदहरुमा विपिन कर्ण, हरिहर मण्डल, देवलाल नोनिया, महेश यादव, महाबिर मल्लिक, महेश प्रसाद यादव, तेजेन्द्र मिश्र, इन्द्र नारायण मण्डल, देवनारायण यादव र भुपेन्द्र प्रसाद मण्डल चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ