News Category 2071/10/27
आन्दोलनरत ३० दलिय मोर्चाद्वारा अगुवा नेता कार्यकर्तालाई धमाधम प्रशिक्षण दिँइदै
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
पहिचानसहितको संघियता र संघियतासहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै सप्तरीका ३० दलिय संयुक्त मोर्चाले जिल्लाको ६ वटै क्षेत्रका अगुवा नेता कार्यकर्ताहरुलाई धमाधम प्रशिक्षण दिइरहेको छ ।
सोही क्रममा एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले सोमबार सप्तरी क्षेत्र न. ३ अन्तरगत सदरमुकाम राजविराजमा आन्दोलनलाई अझ सशक्त बनाउने सन्दर्भमा बिभिन्न पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षण दिएको छ ।
आन्दोलन परिचालन समिति संयोजक तथा सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले आन्दोलनलाई सशक्त बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई तयार रहन आग्रह गरेका छन् ।
सोही सन्दर्भमा एमाओवादी सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादवले राज्यपक्षले विगतमा गरेको सम्झौताहरुलाई कार्यान्वयन गर्न, आन्दोलनको औचित्य र आवश्यकता, ३० दलिय मोर्चाको निर्णयलाई सम्प्रेसन लगायतका विषयमा प्रशिक्षण दिइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा सरकारले गरेको शान्ति सम्झौता, १२ बुँदे सम्झौता, ७ बुँदे सम्झौता लगायत मधेश आन्दोलनका क्रममा गरेको सम्झौता, थारु आन्दोलनका क्रममा गरेको सम्झौता, जनजातीसँग गरेको सम्झौता लगायत सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने कुरालाई नेता कार्यकर्ताहरु माँझ छर्लङ्ग गर्ने काम गरिरहेका छौं ।”
सो कार्यक्रममा एमाओवादीका सभासद् उमेश यादव, फोरम नेपाली सभासद् लक्ष्मी चौधरी, केन्द्रिय सदस्य शैलेन्द्र साह, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, सद्भावनाका केन्द्रिय विदेश विभाग प्रमुख श्यामानन्द सुमन, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, तमलोपाका केन्द्रिय सदस्यत्रय जयप्रकाश ठाकुर, साधना झा र विपी यादव, थरुहट तराई पार्टीका जिल्ला अध्यक्ष पुरण चौधरी, संघीय सद्भावना पार्टी केन्द्रिय सदस्य सुरेश सिंह, समाजवादी जनता पार्टीका अध्यक्ष कमानन्द माझि, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, आन्दोलन परिचालन समितिका प्रचार प्रसार विभाग संयोजक एवं राष्ट्रिय मधेश समाजवादीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
३० दलिय मोर्चाले सप्तरी क्षेत्र नं. १ को कंचनरुप नगरपालिमा, २ को भारदहमा, ६ को बोदेबर्साइनमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ