News Category 2071/10/28
प्रहरीद्वारा सुर्तीसहित व्यक्ति पक्राउ
दैनिक संवाददाता
राजविराज, २७ माघ ।
सप्तरी प्रहरीले अवैध रुपमा ल्याउदै गरेको २ सय किलो सूर्तीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सप्तरीको ईटहरी विषनपुर गाविस ८ बस्ने २८ वर्षिय कमलेश कुमार यादवले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याउँदै गरेको उक्त मात्राको सुर्तीसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा रिक्सामा लोड गरी ल्याउँदै गरेको उक्त सूर्ती राजविराज नगरपालिका ७ स्थित कुनौली राजविराज सडक खण्डबाट नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी गस्तीले ५ बोरामा प्याक भएको ४० किलोको दरले जम्मा २०० केजि सुर्ति र सो कार्यमा संलग्न रहेका कमलेश कुमार यादव समेतलाई पक्राउ गरी सप्तरी भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले राजविराज ३ स्थित राजविराज कुनौली सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा खाने तेल, किरानाका सामाग्रीहरु, साईकलका पार्टपुर्जा, सुर्ति लगाएका सामाग्रीहरु पक्राउ गरी सप्तरी भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ