News Category 2071/10/29
संचारकर्मीद्धारा प्रभातफेरी
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
मधेशी पत्रकार संघले सप्तरीले राष्ट्रिय सञ्चारमाध्यममा मधेशका समाचारलाई एक निश्चित स्थान दिनुपर्ने लगायतका माँगहरु अघि सार्दै बुधवार राजविराजमा प्रभातफेरी गरेको छ ।
राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको प्रभातफेरी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।
राष्ट्रिय सञ्चारमाध्यम समावेशी गर, पहिचान सहितको संघीयता कायम गर, सहमतीमा संविधान जारी गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर, मधेशी जनतामाथिको उत्पीडन बन्द गर, मधेशी, आदिवासी, जनजातीलगायतका सम्झौताहरु कार्यान्वयन गर, लगायतका नाराहरु लगाउँदै पत्रकारहरुको प्रभातफेरी दशन चौकमा सभामा परिणत भएको थियो ।
मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कोणसभामा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, मैथिली मिडिया प्रा.लि.का अध्यक्ष शुभचन्द्र झा, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, संघका सचिव चन्दन यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ