News Category 2081/07/10
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
राजबिराजमा संचालित अन्तर हब टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले जितेको छ ।
सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर महोत्तरीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ बिकेटको क्षतिमा १ सय ४१ रनको योगफल खडा गरेको थियो । जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहीन भने रोेजी कडारी ३९ रन बनाएकी थिइन् । बलिङतर्फ सप्तरीकी बन्दना रजकले १ बिकेट लिएकी थिइन् ।
यता जवाफमा सप्तरीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सफल भएको थियो । जसमा सुमिन्त्रा यादबले ३७, दिपा राम २० अविजित तथा निसु चौधरीले १८ रन बनाएकी थिइन् । बलिङमा महोतरीका गोमा मगर र रोजी कडारी २÷२ बिकेट तथा सिवानी साहले १ बिकेट हात पारेकी थिइन् ।
फाईनल खेलका म्यान अफ दि म्याच सिवानी साह घोषित भइन् । प्रतियोगितामा प्लेयर अफ दि सिरिज साक्षी यादब, बेस्ट बलर बन्दना रजक बेस्ट ब्याटर सिवानी साह घोषित भइन् ।
उक्त अवसरमा मधेश प्रदेश सरकारका पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव, सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब सदस्यद्वय संजय कार्की, डम्बर नाारायण दास, प्रतियोगिता संयोजक आशिष गुप्ताले बिजेता, उपबिजेतालाई शिल्ड, कप, मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ