News Category 2071/10/29
६ वटै क्षेत्रमा प्रशिक्षण सम्पन्न
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
३० दलिय संयुक्त संघिय गठबन्धन मार्चाले बुधबार संसदीय क्षेत्र नः ५ अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित चारुना अस्पतालमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । यो सँगै मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले पहिचानसहितको संघियता र संघियता सहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै प्रशिक्षण सम्पन्न गरेको छ ।
३० दलिय संयुक्त संघिय गठबन्धनद्वारा क्षेत्रिय स्तरीय क्षेत्रका सम्पूर्ण अगुवा नेत्तुत्व र कमान्डरहरुलाई प्रशिक्षणमा एमाओवादी सभासद अमर मंडलले प्रतिगामिको विरुद्ध देशको अग्रामि परिवर्तन हेतु आन्दोलनमा जुटन अह्वान गर्नुभयो ।
आन्दोलन समितिका अध्यक्ष छेदी चौधरीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालकी सभासद् लक्ष्मी चौधरी, फोरम लोकतान्त्रिककी रमणी देवी राम र डा. सुवोध पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
यसअघि ३० दलिय मोर्चाले सप्तरी क्षेत्र नं. १ को कंचनरुप नगरपालिकामा, २ को भारदहमा, ३ को राजविराजमा, ६ को बोदेबर्साइन र क्षेत्र नं. ४ को पत्थरगाढामा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ