News Category 2070/04/01
बजेटमा सप्तरी पुनः उपेक्षित
दैनिक संवाददाता
राजविराज, ३१ असार ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार प्रस्तुत गर्नुभएको आव २०७०–७१ को बजेटमा पुनः सप्तरीलाई उपेक्षा गरिएको छ । राजविराज विमानस्थल, मठमन्दिर, विकासीय कार्य, शिक्षा, सिचाईलगायतमा सप्तरीका लागि कुनै बजेट नछुट्टयाउँदा सप्तरीवासी पुनः उपेक्षित बनेका छन् ।
हरेक वर्ष बजेट भाषण झैं यस पटकको बजेटमा सप्तरी कुनै कुनामा स्थान ओगटन सकेन् । बजेटमा विराटनगर, जनकपुर, नेपालगन्ज र सुर्खेत विमानस्थललाई हब विमानस्थलको रूपमा स्तरोन्नति गर्न बजेटको व्यवस्था सरकारले गरेपनि सप्तरीमा वर्षौदेखी मर्मतको प्रतिक्षामा रहेको राजविराज विमानस्थलका लागि कुनै किसिमको सम्बोधन सरकारले गर्न सकेको छैन् ।
बिमानस्थल सुचारु गराउन रु चार करोड रुपैयाँ चार बर्ष अगाडि छुट्टयाइएपनि कुनै कामै नगरी रकम हराइसकेको छ । यो रकमको खोजी भने हालसम्म कसैले गर्न सकेको छैन् ।
मुलुककै प्रमुख शक्तिपीठमध्येका एक छिन्नमस्ता शक्तिपीठको बाटो सम्बन्धमा पनि सरकारले कुनै किसिमको सम्बोधन गर्न सकेको छैन् । राजविराज भएर छिन्नमस्तासम्म जाने सडकको अवस्था दुरावस्था बनेको बर्षाै भइसकेको छ । मुलुकभरिका मात्र नभई छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालुहरु यहाँ आउने गर्छन् । बाटो अभावमा सबैलाई सास्ती व्यहोर्नुपर्ने अवस्था रहेको छ ।
सरकारले अन्य जिल्लाहरुका लागि कुनै न कुनै प्योकजहरु ल्याएपनि सप्तरीलाई पूर्ण रुपमा उपेक्षा गरेको देखिन्छ । जिल्लाका कठौना–पातो सडक बर्षाको समयमा अवरुद्ध नै भइरहेपनि यसतर्फ निकायले ध्यान दिन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ