News Category 2071/11/03
काँग्रेस यथास्थितिवादी र एमालेको महेन्द्रवादी चिन्तनका कारण संविधानमा सहमति हुन सकेन ः सभासद् देव
राजविराज÷मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय उपाध्यक्ष एवं सभासद जितेन्द्र नारायण देवले काँग्रेस यथास्थितिवादी र एमालेको महेन्द्रवादी चिन्तनका कारण संविधानमा सहमति हुन नसकेको आरोप लगाउनुभएको छ ।
३० दलिय गठबन्धनद्वारा शनिबार राजविराजमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो आरोप लगाउनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बाुल्नुहुँदै देवले काँग्रेस एमालेकै कारण मस्यौदा तयार हुन नसकेको बताउँदै ३० दलिय मोर्चाकै माध्यमबाट मधेशीको अधिकार सहितको संविधान ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले गुलामी र आजादीलाई समाप्त पारी काँग्रेस एमालेलाई घुडा टेकाउँदा मात्र ३० दलिय मोर्चाको जित हुने जिकिर गर्नुभयो ।
संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा कुरा नमिल्दा संविधान निर्माण हुन नसकेको बताउँदै उहाँले पहिलो संविधानसभामा सहमति भइसकेका विषयहरुलाई पनि काँग्रस एमालेले बहुमतको दम्भमा फेरी छलफलमा ल्याएकै कारण यी विषयहरुमा सहमति जुट्न नसकेको आरोप लगाउनुभयो ।
आफ्नै पार्टीका अध्यक्ष बिजय गच्छदार सरकारमा जाने नजाने विषय चर्चामा आएको प्रति स्पष्ट पार्दै उहाँले भन्नुभयो, “३० दलिय गठबन्धन ९ सूत्रिय मागप्रति एकरति अगपछि हुदैन, चाहे कुनै पार्टी वा कोही व्यक्तिले विश्वासघात गरे पनि आन्दोलन जारि रहन्छ, संघीयताको सवालमा १० प्रदेशको सेरोफेरो मै संविधान निर्माण हुनु पर्नेमा गठबन्धन लागिपरेको छ ।”
फोरम लोकतान्त्रिकका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, एमाओवादीका केन्द्रिय सदस्य रामरिझन यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित नारायण यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु कुमारी यादव, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका भरत साह, तमलोपाका अध्यक्ष रामप्रित यादव लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सोही प्रशिक्षण कार्यक्रममा एमाओवादी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का अशोक मण्डल अमर, ३ का उमेश कुमार यादव, फोरम लोकतान्त्रिकका सभासदद्वय रमणी राम, डा.सुबोध पोखरेल सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ