News Category 2071/11/03
द्वन्द्वकालीन मुद्दामा यादव पक्राउ अविलम्ब रिहा गर्न एमाओवादी र गठबन्धनद्वारा छुट्टाछुट्टै माग
राजविराज÷विस्तृत शान्ति सम्झौता विपरित आफ्ना पार्टीका एक जिल्ला स्तरीय नेतालाई सप्तरी प्रहरीले शनिवार पक्राउ गरेको भन्दै एमाओवादीसहित ३० दलीय गठबन्धनले आपत्ती जनाएको छ ।
शनिवार राजविराजमा आयोजित गठबन्धनको केन्द्रीय प्रशिक्षणमा सहभागी भएका सप्तरीको काचन गाविस ७ स्थित भेडयाही निवासी एवं एमाओवादी सप्तरी जिल्ला समितिका सदस्य कामेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले विस्तृत शान्ति सम्झौता विपरित पक्राउ गरेकाले अविलम्ब रिहा गर्न एमाओवादी सप्तरीका संयोजक असर्फी सदा र ३० दलयी गठबन्धनको तर्फबाट प्रवक्ता गजेन्द्र मण्डलले छुट्टाछुट्टै रुपमा माग गरेको हो ।
२०५९ को भदौमा स्थानीय देवनारायण यादवको हत्या मुद्दामा कामेश्वरको नाम रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतको भनाई छ ।
तर, विस्तृत शान्ति सम्झौता मार्फत नेपाल सरकार वा प्रहरीले यस्ता मुद्दाहरुको किनारा लागिसकेको अवस्थामा यसरी एमाओवादी नेतालाई पक्राउ गर्न नहुने एमाओवादीसहित ३० दलीय गठबन्धनको भनाई छ । ‘यो सरासर विस्तृत शान्ति सम्झौताको उल्लंघन हो’, एमाओवादीका केन्द्रीय सदस्य एवं सभासद उमेशकुमार यादवले भन्नुभयो, ‘पक्राउ परेका यादवलाई अविलम्ब रिहा गर्नुपर्ने हाम्रो माग छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ