News Category 2071/11/05
प्रशासनले जनयुद्धकालीन मुद्दामा यादवलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको मोर्चाको ठहर
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
३० दलिय गठबन्धन सप्तरीले गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सदस्य कामेश्वर यादव सहभागि हुन आईरहेको बखत स्थानीय प्रशासनले जनयुद्धकालीन मुद्दामा उनलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको ठहर गरेको छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरी राजविराजको कार्यालयमा पार्टीका जिल्ला अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकले सो निन्दनीय कार्यको भत्र्सना गरेको छ ।
आन्दोलन प्रचार प्रसार समिति सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनलाई कमजोर पार्न, राज्य आतंकको यस घटनाप्रति घोर भत्सर्ना गर्दै अबिलम्व रिहाईको माँग गरेको जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सहमति, समझदारीलाई वेवास्ता नगर्न सत्तापक्ष र उनका मतियारहरुलाई खबरदारी समेत गराएको छ ।
साथै सो बैठकले केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गते बिरोध प्रदर्शन कार्यक्रम राखिएकोले राजविराजस्थित राजरंगशालामा भेला भई कालो पटी र कालो ब्यानरका साथ नगर परिक्रमा गर्दै गजेन्द्र चौकमा बिरोध सभा गर्ने निर्णय समेत गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।
सम्पन्न बैठकमा सभासदहरु अमर मण्डल, उमेश कुमार यादव, जनपरिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, आन्दोलन परिचालन समितिका संयोजक सुनिल कुमार झा, एमाओवादीका संयोजक असर्फी सदा, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघीय सद्भावना पार्टीका मनोज देव, फोरम गणतान्त्रिकका सचिव अरविन्द यादव सहितको उपस्थितिमा विभिन्न निर्णयहरु गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ