News Category 2071/11/05
आज महाशिवरात्री पर्व मनाइदै
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
हिन्दूहरुको महान पर्व शिवरात्री आज भव्यतापूर्वक मनाइदै छ ।
सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गर्ने गरिन्छ ।
शिबरात्रीको अवसरमा राजविराजस्थित ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्रले २१ फिटको शिवलिङ्ग सहितको झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
धर्मपुर ८ स्थित भीरमा रहेको उक्त मन्दिरमा हरेक वर्ष हजारौं श्रद्घालु भक्तजनहरुले पूजापाठ गर्ने गर्छन् । महाशिवरात्रीको अवसरमा यहाँ भव्य मेला समेत लाग्ने गर्दछ ।
धारापानी स्थल छेउमै रहेको यो मन्दिर पर्यटकिय दृष्टिकोणले धेरै सुन्दर लाग्ने गरेको छ । यहाँ पुजापाठ तथा मेला गर्नका लागी धर्मपुरसहित जिल्लाको रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर र बकधुवा सहितका बासिन्दाहरु आउने गर्दछन ।
यसैगरी रुपनगर ३ स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर घोघनपुर बलुवा रहेको भजनेश्वर महादेव र कञ्चनपुर ६ स्थित रहेको शिवालय मन्दिरमा पनि पुजापाठ गर्न भक्तजनहरुको धुँईचो लाग्ने गर्दछयस् ।
भगवान शंकर र पार्वतीको विवाह भएको स्मरणमा यो पर्व मनाइने धार्मिक प्रचलन रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ