News Category 2071/11/07
साझा प्रकाशनमा पुस्तक प्रदर्शनी शुरु
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
६५ औं प्रजातन्त्र दिवसको अवसरमा साझा प्रकाशनले बुधबारदेखि सप्तरीको राजविराजमा बृहत पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।
राजविराजस्थित प्रकाशनको कार्यालयमा एक समारोहबिच प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुरली प्रसाद यादवले सो पुस्तक प्रर्दशनीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्नुहुँदै यादवले पुस्तक प्रदर्शनीले स्वच्छ शैक्षिक समाजको निर्माणमा ठुलो सहयोग पुग्ने बताउँनुभयो ।
साझा प्रकाशन मुख्य शाखा कार्यालय राजविराजका प्रमुख मनोज कुमार माझीले स्वदेशी लेखक तथा विद्धानहरुद्वारा लिखित पुस्तकहरु खरिद गरी उहाँहरुको उत्साह बढाउँनुका साथै राष्ट्रको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको साझा प्रकाशनको संरक्षण र सम्वद्र्धनका लागि सबै सरोकारबालाहरुसँग सहयोगको अपेक्षा गर्नुभयो ।
फागुन ३० गतेसम्म संचालन हुने सो पुस्तक प्रदर्शनीमा नेपाली, मैथिली, भोजपुरी, हिन्दी लगायतका विभिन्न भाषा, साहित्य, कला, ज्ञानविज्ञान र संस्कृति सम्बन्धि पुस्तहरु राखिएको प्रमुख माझीले जानकारी दिनुभयो ।
सो पुस्तक प्रदर्शनीको अवसरमा प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, पत्रकारहरु देबराम प्रसाद यादव, राम नारायण विश्वास, श्याम सन्दर यादव, शुभ नारायण यादव, बिन्दु कुमार यादव, माला कर्ण, दिनेश शर्मा लगायतकाहरुको उपस्थिति रहेको थियो ।
उक्त पुस्तक प्रदर्शनीमा विभिन्न विद्याका २ हजार ७ सय पुस्तकहरु राखिएको तथा ९ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको मुख्य शाखा प्रमुख माझीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ