News Category 2081/09/26
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता

दैनिक समाचारदाता
सिरहा, २६ पुस ।
सिरहाको धनगढीमाई नगरपालिकामा “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाह मुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् । उनले दलित समुदायका नेताहरू बजेट निर्माण र नीतिगत सुधारमा पर्याप्त सक्रिय नभएकोले पनि दलित लक्षित बजेट न्यून रहेको बताइन् ।
कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले प्रस्तुत गरेको प्रतिवेदनमा धनगढीमाई नगरपालिकामा दलित समुदायको बजेट, नीति र कार्यक्रममा पहुँचको अवस्था विवरण प्रस्तुत गरिएको थियो । सहभागीहरूले पालिकाको उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे ।
स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरपालिका सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, अनुगमन समितिका सदस्य, पत्रकार समेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ