News Category 2071/11/09
तलब भत्ता अबिलम्ब निकाशाको माग
दैनिक संवाददाता
राजविराज, ८ फागुन ।
तलब भत्ता अबिलम्ब निकाशाको माँग गर्दै नेपाल शिक्षक संघले जिल्ला शिक्षा कार्यालय सप्तरीमा शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव र सचिव शैलेन्द्र कुमार मण्डल सहितको नेतृत्वमा निमित्त जिल्ला शिक्षा अधिकारी देबन चौधरी समक्ष अबिलम्ब रकम निकाशाको माँग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
जिल्लाका शिक्षकहरुले चौमासिक तथा जिल्लामा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले विगत आठ महिनादेखि तलब र भत्ता नपाएको भन्दै अबिलम्ब तलब भत्ता माँग गरिएको छ ।
बुझाईएको ज्ञापन पत्रमा रकम निकाशा नहुदाँ शिक्षक शिक्षिकाहरुलाई घर व्यवहार चलाउनमा निकै कठिनाई भोग्नुपरेको तथा जिल्लाको शैक्षिक व्यवस्था अस्त व्यवस्त र निराशाजनक भईरहेको भन्दै शिक्षक कर्मचारीहरुको अध्यावधिक अभिलेख जिल्ला शिक्षा कार्यालयमा हुदाँ हुँदै पाठी विभिन्न बहानामा दुखः दिने नियतले रकम निकाशा काम ताल मटोल गरिरहेको प्रति नेपाल शिक्षक संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै जिल्ला शिक्षा कार्यालय सप्तरीले फागुन १४ गतेसम्ममा तलब भत्ता निकाशा नभएको खण्डमा बाध्य भई अगामी फागुन १७ गतेदेखि कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ