News Category 2071/11/09
तलब भत्ता अबिलम्ब निकाशाको माग
दैनिक संवाददाता
राजविराज, ८ फागुन ।
तलब भत्ता अबिलम्ब निकाशाको माँग गर्दै नेपाल शिक्षक संघले जिल्ला शिक्षा कार्यालय सप्तरीमा शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव र सचिव शैलेन्द्र कुमार मण्डल सहितको नेतृत्वमा निमित्त जिल्ला शिक्षा अधिकारी देबन चौधरी समक्ष अबिलम्ब रकम निकाशाको माँग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
जिल्लाका शिक्षकहरुले चौमासिक तथा जिल्लामा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले विगत आठ महिनादेखि तलब र भत्ता नपाएको भन्दै अबिलम्ब तलब भत्ता माँग गरिएको छ ।
बुझाईएको ज्ञापन पत्रमा रकम निकाशा नहुदाँ शिक्षक शिक्षिकाहरुलाई घर व्यवहार चलाउनमा निकै कठिनाई भोग्नुपरेको तथा जिल्लाको शैक्षिक व्यवस्था अस्त व्यवस्त र निराशाजनक भईरहेको भन्दै शिक्षक कर्मचारीहरुको अध्यावधिक अभिलेख जिल्ला शिक्षा कार्यालयमा हुदाँ हुँदै पाठी विभिन्न बहानामा दुखः दिने नियतले रकम निकाशा काम ताल मटोल गरिरहेको प्रति नेपाल शिक्षक संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै जिल्ला शिक्षा कार्यालय सप्तरीले फागुन १४ गतेसम्ममा तलब भत्ता निकाशा नभएको खण्डमा बाध्य भई अगामी फागुन १७ गतेदेखि कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ