News Category 2071/11/10
मधेशीलाई अधिकार नदिए अब काठमाडौं उपत्यकालाई नै कब्जामा गर्ने ः अध्यक्ष यादव
राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीलाई अधिकार नदिए अब काठमाडौं उपत्यकालाई नै कब्जामा गर्ने बताउनु भएको छ ।
३० दलिय गठबन्धनद्वारा शनिबार सप्तरीको राजविराजमा आयोजित बृहत प्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको विगतका ६ वटा संविधानले हालसम्म पनि मधेशीलाई कुनै अधिकार नदिएको भन्दै अब पनि राज्य पक्षले मधेशीको अधिकार संविधानमा सुनिश्चितता नगरे सम्पूर्ण मधेशीले काठमाडौंलाई नै कब्जा गर्ने बताउनुभएको हो ।
काँग्रेस र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनको समयमा मधेश स्वायत्त प्रदेश भनि गरिएको सम्झौतालाई लत्याएर बहुमतको दम्भमा संविधान ल्याए त्यो संविधान एक रात पनि नटिक्ने दाबी गर्नुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले राज्य पक्षले मधेशलाई अधिकार बिहीन राखे पुनः मधेश बिद्रोह हुने चेतावनी दिनुहुँदै अब कोही मधेशीलाई दासत्व स्विकार नहुने स्पष्ट पार्नुभयो ।
काँग्रेस र एमालेलाई बहुमतको दम्भमा धमण्ड नगर्न आग्रह गर्नुहुँदै उहाँले यदी घमण्ड गरे निर्दलिय व्यवस्था जस्तै उनीहरु आफै विलय भएर जाने चेतावनी समेत दिनुभयो ।
प्रधानमन्त्री सुशिल कोइराला पनि अहिले सत्ताको लोभमा परेर मानसिक अन्धो बन्नुभएको आरोप लगाउँदै अध्यक्ष यादवले बहुमत भन्दा बढी जनमतमा विश्वास गर्न काँग्रेस एमाललेलाई सुझाव दिनुभयो ।
यस्तै सो सभालाई सम्बोधन गर्दै एनेकपा माओवादीका मधेश व्युरो इन्चार्ज रामचन्द्र झाले आन्दोलन कुनै सत्ता प्राप्तका लागि नभएर अधिकार प्राप्तका लागि भएको स्पष्ट पार्नुभयो । उहाँले विगतको आन्दोलन पनि मधेशबाट सुरु भएको र अब पनि सत्ताधारीहरुको घमण्ड मधेशबाटै तोड्ने दाबी गर्नुभयो ।
चस् उहाँले मधेशीहरु नै नेपालको संस्थापक नागरिक रहेको दाबी गर्नुहुँदै अहिले मधेशीलाई नै नेपालको गैरनागरिक भनेर अधिकार बिहीन गर्नु राज्यपक्षले ठूलो भूल गरिरहेको बताउनुभयो ।
३ हजार ६ सय वर्षको नेपालको इतिहासमा ३ हजार सय वर्ष आदिवासी, जनजाती र मधेशी जनताले राज्य गरेको इतिहासलाई नभुल्न आग्रह समेत गर्नुभयो ।
सो सभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका उपाध्यक्ष नवल किशोर साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंहले काँग्रेस एमालेको बहुमतको धमण्ड अब मधेशी जनताले नै तोड्ने जिकिर गर्नुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका आन्दोलन परिचालन समिति सप्तरीका संयोजक शम्भु झाको अध्यक्षतामा सम्पन्न बिरोध सभामा एमाओावदीका सभासद्हरु मानपुर चौधरी, अशोक मण्डल, उमेश यादव, जिल्ला संयोजक असर्फि सदा, फोरम नेपालकी सभासद् लक्ष्मी चौधरी, केन्द्रिय कोषाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रिय सल्लाहकार उमेश यादव, फोरम लोकतान्त्रिककी सभासद् रमणी राम, डा. सुबोध पोखरेल, पूर्व सभासद् हेमराज तातेड, केन्द्रिय सदस्य शैलेश चौधरी, जिल्ला अध्यक्ष सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, विशेश्वर रजक, सुब्बालाल यादव, अनिस अनसारी, जसमूल खाँ, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य भरत साह, जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, संघिय सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, जिल्ला अध्यक्ष रामप्रित यादव लगायतको उपस्थिति रहेको थियो ।
यसअघि छुट्टाछुट्टै पार्टीले आफ्नो कार्यालयबाट जुलुस प्रदर्शन गरि राजविराजस्थित राजरंगशाला भेला भएका थिए । त्यहाबाट ३० दलिय गठबन्धनका नेता कार्यकर्ताहरु भेला भई हजारौंको संख्यामा निस्केको जुलुसले नगर परिक्रममा गर्दै स्थानिय गजेन्द्र चौकमा सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ