News Category 2071/11/11
सहमति, सम्झौता कार्यान्वयन र प्रश्नावली समिति फिर्ता भएमा वार्ता सम्भव ः अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमति, सम्झौता कार्यान्वयन र प्रश्नावली समिति फिर्ता भए मात्र वार्ता सम्भव हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सो कुरा बताउनुभयो ।
उहाँले पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, माघ ११ गते सभामुखले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आएमात्र वार्ता सम्भव हुने जिकिर गर्नुभयो ।
विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नगर्नु भनेको विश्वासघात र धोका हो भन्दै उहाँले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष यादवले नेपालको विगतका ६ वटा संविधानले हालसम्म पनि मधेशीलाई कुनै अधिकार नदिएको भन्दै अब पनि राज्य पक्षले मधेशीको अधिकार संविधानमा सुनिश्चित नगरे मुलुकमा ठूलो बिद्रोह हुने चेतावनी दिनुभयो ।
काँग्रेस र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनको समयमा मधेश स्वायत्त प्रदेश भनि गरिएको सम्झौतालाई लत्याएर बहुमतको दम्भमा संविधान ल्याए त्यो संविधान एक रात पनि नटिक्ने दाबी गर्नुभयो ।
काँग्रेस र एमालेलाई बहुमतको दम्भमा धमण्ड नगर्न आग्रह गर्नुहुँदै उहाँले यदी घमण्ड गरे निर्दलिय व्यवस्था जस्तै उनीहरु आफै विलय भएर जाने चेतावनी समेत दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा फोरम नेपालीकी कोषाध्यक्ष रेणु यादवले मधेश आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरु भित्रै रहेर अहिले आन्दोलन गरिएको बताउनुभयो । उहाँले मधेशी, दलित जनजाती, मुश्लिम, पछाडी पारिएका, महिला लगायतको अधिकारलाई संविधानमा नसमेटेसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
पत्रकार महासंका अध्यक्ष प्रकाश खतिवडाको अधयक्षतमा आयोजित पत्रकार सम्मेलनमा फोरम नेपाल आन्दोलन परिचालन समितिका संयोजक शम्भु झा, केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ