News Category 2071/11/11
मोर्चाद्वारा जिविसको परिषद् बहिष्कार गर्ने निर्णय महायज्ञको उद्घाटनमा मोर्चा सहभागि नहुने
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
जिल्ला विकास समिति सप्तरीको २१ औं जिल्ला परिषदलाई ३० दलिय मोर्चा गठबन्धनले बहिष्कार गर्ने निर्णय गर्नुका साथै सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा सोमबार श्री रामनाम महायज्ञको उद्घाटन कार्यक्रममा समेत मोर्चा सहभागि नहुने जनाएको छ ।
३० दलिय गठबन्धनद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिविसको २१ औं जिल्ला परिषद्लाई सम्बोधन गर्न फागुन ११ गते सोमबार स्थानीय विकास मन्त्री प्रकाशमान सिंह आउँनु हुने कार्यक्रम रहेकोले उक्त कार्यक्रमलाई बहिष्कार गर्ने जनाएको छ ।
यस्तै सोमबारै महायज्ञको उद्घाटन प्रधानमन्त्री सुशिल कोइरालाले गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा मोर्चा सहभागि नहुने मोर्चाका प्रचार प्रसार संयोजक गजेन्द्र मण्डलद्वारा आइतबार जारि विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा महायज्ञ सफलताको कामना गर्दै उद्घाटन कार्यक्रमपछि मोर्चा सहभागि हुने जनाइएको छ ।
त्यसैगरि मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला परिषद्मा मन्त्री आएमा सो परिषदलाई बहिष्कार गर्ने जनाउँदै मन्त्री सिंह बाहेक अन्य जो सुकै आएपनि परिषद्को उद्घाटन गर्न दिईने जानकारी दिएको छ ।
यसैबिच जिल्ला स्तरीय बोर्डको बैठकमा मोर्चाका नेता तथा कार्यकर्ताहरुद्वारा त्यसको बिरोध गरेका छन । सो बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रामप्रित यादव र सद्भावना पार्टीका युवा नेता दिनेश कुमार यादवले म्यानिटिङ्गलाई च्यातेका थिए ।
यसैबीच मोर्चाका प्रवक्ता गजेन्द्र कुमार मण्डलले विपक्षि दलहरु आन्दोलनमा रहेकोले कुनै पनि कार्यक्रमको मन्त्रीले उद्घाटन गर्ने भएपछि त्यसलाई बहिष्कार गर्ने जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा सभासद्हरु अशोक कुमार मण्डल, डा. सुबोध पोखरेल, मानपुर चौधरी तथा एमाओवादीका जिल्ला संयोजक असर्फि सदा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, फोरम लोकतान्त्रिकका अध्यक्ष सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रामप्रित यादव, सद्भावना पार्टीका युवा नेता दिनेश यादव, समाजवादी जनता पार्टीका अध्यक्ष कमानन्द माझि लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ