News Category 2081/10/22
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा १३ औ अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता मंगलवारदेखी सप्तरीको तिलाठीमा शुरु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा शुरु भएको प्रतियोगिताको एक समारोहबीच स्व.साकेत चन्द्र मिश्रकी आमा चक्ला देवी मिश्रले उदघाटन गरेकी छिन ।
सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व.साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी छन ।
गाउँवासीको सहयोगमा संचालित प्रतियोगिताको पहिलो दिन विभिन्न तौल समुहमा महिला तर्फ २ र पुरुष तर्फ ८ गरी १० वटा प्रतिस्पर्धा सम्पन्न भएको छ । जसमध्ये ६ वटा प्रतिस्पर्धामा नेपाली पहलमानले उत्कृष्ट प्रर्दशन गर्दै विजयी हासिल गरेका छन ।
महिलातर्फ भएको दुई प्रतिस्पर्धामा नेपाली पहलमान नवलपरासीकी बबी भन्ने बविता कुमारी विजयी भएकी छिन भने अर्काे प्रतिस्पर्धामा भारत राजस्थानकी नेहा सिंहले जित निकालेकी छिन ।
यस्तै पूरुष तर्फ भएको ८ प्रतिस्पर्धा मध्ये नेपाली पहलमानले ५ र भारतीय पहलमानले ३ प्रतिस्पर्धामा विजयी भएका छन । उक्त प्रतियोगितामा सप्तरीका नवनित झा र पर्साका सुनिल साह निर्णायकको भूमिकामा छन् ।
वडाअध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतमा आयोजित प्रतियोगितको उदघाटन समारोहमा पुजा समितिका अध्यक्ष अजित कुमार मिश्र, शहिद साकेत चन्द्र मिश्र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेश चन्द्र मिश्र लगायतले परम्परागतरुपमा हुदै आएको कुस्ती खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन समेत मदत मिल्ने विश्वास ब्यक्त गरे ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीका साथै पर्सा, सिरहा, धनुषा, सर्लाही, बाके तथा भारतको राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्ड, दिल्ली, हरियाण र पंजाबका पहलमानहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ