News Category 2070/04/02
सप्तरीबाट २० हजार विदेशिए गत वर्ष भन्दा २ हजार बढी राहदानी बन्यो
नवीनकुमार गुप्ता
राजविराज, १ साउन ।
सप्तरीबाट विदेशिने क्रम अहिले बढेको छ । जिल्लाबाट प्रत्येक बर्ष रोजगारीका लागि करिब २० हजारको संख्यामा युवाहरु विदेशिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आर्थिक वर्ष २०६९ साल साउन १ गतेदेखी २०७० साल असार ३१ गतेसम्म १९ हजार ९ सय ५८ जनाले राहदानी (एमआरपी) का लागि आवेदन दिएको राहदानी फाँटका नायब सुब्बा दिपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
जस मध्ये द्रुत सेवाबाट राहदानी लिनेको संख्या ६ हजार २ सय ८३ र साधारण सेवाबाट राहदानी लिनेको संख्या १३ हजार ६ सय ७५ रहेको नायब सुब्बा घिमिरेले जानकारी दिनुभयो ।
अहिले मुलुकभरि नै दुई किसिमको एमआरपी बितिरण भइरहेको छ । द्रुत र साधारण सेवा गरी दुई किसिमको एमआरपी मुलुकभरिका प्रशासन कार्यालयहरुले दिने गरेको छ । द्रुत सेवाबाट राहदानी बनाउनकालागि सम्बन्धित प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको दिनदेखि सातदिनभित्रै सिधै परराष्ट्र मन्त्रालयबाट कार्ड पाउन सकिन्छ । त्यसकालागि दोब्बर दस्तुर रु. १० हजार तिर्नुपर्ने नियम छ ।
यस्तै साधारण सेवाबाट एमआरपी लिन बढी समय लाग्ने गरेको छ । यसको दस्तुर रु. ५ हजार मात्रै तिर्नुपर्छ । यो सेवाबाट एमआरपी लिन सम्बन्धित प्रशासन कार्यालयमा आवेदन दर्ता गराई कमसेकम डेढ महिनापछि मात्रै कार्ड उपलब्ध हुन्छ । तर, त्योस नभई कमसेकम अढाई महिना लाग्ने भएपछि सेवाग्राहीहरुलाई सास्ती ब्यहोर्नुपरेको छ ।
सुब्बा घिमिरेले राहदानी दिनेको संख्या दैनिक ६० देखी ७० को हाराहारीमा रहेको बताउँदै १८ देखी ४० वर्षसम्मका युवाहरुले राहदानी बनाउन आवेदन दिने गरेपनि बढी १८ सम्मका यूवाहरु रहेको बताउनुभयो ।
यत्रो मात्रामा राहदानीका लागि आवेदन आएकोले सप्तरीबाट पछिल्लो समयमा विदेशिनेहरुको संख्यामा वृद्धि भएको प्रमाणित हुन्छ । गत वर्ष जिल्लाबाट १८ हजारको हाराहारीमा युवाहरु विदेशिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ