News Category 2081/10/24
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा विगत १३ वर्ष देखी नियमितरुपमा आयोजना हुदै आएको अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता विहिवार सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व.साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा सप्तरीका नवनित झा र पर्साका सुनिल साह निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितको उत्कृष्ट खेलाडी नेपालका लक्की थापा घोषित भए ।
वडाअध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतमा आयोजित प्रतियोगितको समापनका अवसरमा पुजा समितिका अध्यक्ष अजित कुमार मिश्र, शहिद साकेत चन्द्र मिश्र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेश चन्द्र मिश्र, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, सेवा निवृत प्रध्यापक भोगेन्द्र मिश्र, बाबु नारायण मिश्र लगायतले विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गरेका थिए । तीन दिन सम्म चलेकोे प्रतियोगितामा आयोजक सप्तरीका साथै पर्सा, सिरहा, धनुषा, सर्लाही, बाके तथा भारतको राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्ड, दिल्ली, हरियाण र पंजाबका पहलमानहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ