News Category 2081/10/28
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरीको तिरहुत गाउँपालिमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता सोमबारसोमबार सम्पन्न भएको छ ।
गाउँपालिकास्थित बाबा बनसखण्डी प्राङ्गण स्थित मैदानमा आयोजना गरिएको अन्तिम दिनको खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा गरि ६ वटा प्रतिस्पर्धा सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल भए भने भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिस्पर्धामा एक–एक जित निकाल्न सफल रहे ।
पुरुषतर्फ भएको कुस्तीमा नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे भने भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे ।
यस्तै महिलातर्फ भएको दुई प्रतिस्पर्धामा नेपालकी ज्योती साहले भारतकी सोनाक्षीलाई हराएकी थिईन् भने अर्को प्रतिस्पर्धामा भारतकी नम्रताले नेपालकी पुनिता यादवलाई पराजित गरिन् ।
तीन दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दुई र पुरुषतर्फ ११ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ भारतले सात र नेपालले चार पदक ल्याउन सफल भयो भने महिलातर्फ दुबै देशले एक–एक पदक बाँडेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा समारोहमा प्रमख अतिथि गाउँपालिका अध्यक्ष बिजय यादव, प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव, प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ