News Category 2081/11/07
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका २ बाबा डिहवार लौनियाद्वारा आयोजित टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी लौनियाले हात पारेको छ ।
बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनियाबीचको फाईनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेको थियो ।
जवाफमा लौनियाले १२ ओभर ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी जितेको हो । उपाधी सँगै बिजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपबिजेताले ११ हजार दुई सय ५० रूपैया प्राप्त गरेको छ ।
फाईनल खेलको प्लेयर अफ दि म्याच मुकेश यादब घोषित भए । प्रतियोगितमा प्लेयर अफ दि सिरिज मुकेश यादब, बेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घोषित भए ।
बिजेता तथा उपबिजेतालाई तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डललगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ