News Category 2081/11/15
बिटौरी र ब्लक जग्गाको समस्या समाधान गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी

दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राष्ट्रिय मुक्ति पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले राजविराज नगरवासीको पीडासँग जोडिएको बिटौरी र ब्लक जग्गाको समस्या समाधान गरि अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको ७ बुदे निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।
बैठकले देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, दलित (शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगीरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको जनाएको छ ।
साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ