News Category 2081/11/17
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
राजविराज÷सप्तरीको कंचनरुप नगरपालिकामा शनिवारदेखि मेयर कप सिजन २ खेलकुद प्रतियोयिगता शुरु भएको छ ।
प्रतियोगिताको दोस्रो संस्करण्को प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन् गरेका छन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने भन्दै यसका लागि आफूले समेत पहल र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगितका आयोजक कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले शिक्षा र स्वास्थ्य संगै आफूले खेलकूद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको भन्दै यसले स्वस्थ्य समाज निर्माणमा समेत योगदान पु¥याउने बताए ।
यस्ता प्रतियोगिताले योग्य खेलाडी उत्पादन तथा जिल्लालाई माथि उकास्न समेत टेवा पु¥याउने भन्दै उनले नगरपालिकाको स्रोत साधनले भ्याए सम्म खेलकूदको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाए ।
उद्घाट्न समारोहमा नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, उपप्रमुख मुन्ना पोखरेल, निर्वमान नगरप्रमुख बसन्त मिश्रा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
यसैबीच उद्घाटन खेलमा कंचनरूप नगरपालिकाले सप्तकोशीलाई ७ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेको छ । शनिवार कंचनरूप नगरपालिका ९ स्थित खैरवन खेलमैदानमा उदघाटन खेलमा सप्तकोशी नगरपालिकाले दिएको १ सय ६१ रनको लक्ष्यलाई कंचनरूपले ७ बिकेट गुमाएर बिजयी हात पारेको हो ।
प्रतियोगितामा क्रिकेट, फुटबल र व्याडमिनटन खेलमा सहभागि टोलीबीच प्रतिस्पर्धा हुनेछ । सात दिन सम्म चल्ने प्रतियोगितामा आयोजक कंचनरुप नगरपालिकाका साथै राजविराज नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, बोदे बरसाईन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका र रुपनी गाउँपालिका गरि कूल ९ वटा पालिकाका टिमको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ