News Category 2071/11/15
गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्कर पक्राउ
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
सप्तरी प्रहरीले प्रतिबन्धित गाँजासहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरीको नेतृत्वमा खटिएको गस्ती टोलीले सप्तरीको टिकुलिया गाबिस वडा नं. ८ स्थित बलान खोलाको बगरमा गाँजासहित तस्करलाई पक्राउ गरेको हो ।
६÷७ जना व्यक्तिहरुले टाउकोमा पोका बोकी हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई रोक्न खोज्दा एक्कासी उनीहरुबाटै प्रहरीमाथि २ राउण्ड गोली फायर भएको जनाएको छ ।
सो समयमा सादा पोशाकमा खटिएका प्रहरीले ५ राउण्ड गोली जवाफी फायर गरेको जनाएको छ । प्रहरीको जवाफी फायर पश्चात् अध्यारोमा पोका छाडी पोका बोक्ने व्यक्तिहरु भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाबिस वडा न. १ घर बताउने ४७ बर्षिय भुलाई यादव रेहको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवको साथबाट प्लाष्टिकको ५ बोरामा १ सय ५ किलो गाजा बरामद भएको तथा सो व्यक्तिमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ