News Category 2070/04/02
कमिसनमा कुरा मिलेपछि चार दिनअघि तयार पारिएको चेक बैंकमा बैंकले सोही मितिमा तोक लगाउ“दा रकम निकासा भएन, गाविसहरुलाई समस्या
दैनिक संवाददाता
राजविराज, १ साउन ।
अन्तिम समयमा आएर लेनदेनको कुरा मिलेपछि गाविसको अनुदान रकम निकासा गराउने सहमति भएपनि रु दुई करोडभन्दा बढी रकम निकासा नहुने भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले चेक तयार पारिसकेको अवस्थामा पनि उक्त रकम निकासा नहुने सम्भावना पक्का देखिएको छ । गत बर्षहरुमा अन्तिम समयमा आएर निकासा दिने खेल हुँदै आएपनि यस पटक उक्त खेलको अन्त्य जस्तै भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले गत असार २९ गते तयार गरेको रु दुई करोड ७४ लाख १८ हजार २ सय ९१ रुपैयाँको चेक राजविराजस्थित बाणिज्य बैंकमा साउन १ गते अर्थात मंगलबार आएपछि बैंकले मंगलबारकै मितिमा तोक लगाएको छ । चेक आएकै मितिमा बैंक म्यानेजरले तोक लगाएका कारण रकम निकासा नभएको हो । बैंक म्यानेजर श्याम ठाकुरले चेक आएकै मितिमा तोक लगाएपछि असार मसान्तभित्रै लिइसक्नुपर्ने रकम नयाँ आर्थिक बर्ष शुरु भइसकेकाले निकासा नभएको बैंकले जनाएको छ ।
बैंकका अनुसार तयार पारिएको चेक असार मसान्तभित्रै साट्नुपर्ने थियो । नसाटेका कारण उक्त रकम फ्रिज भइसकेको र अब सम्बन्धित मन्त्रालयबाटै रुजु गराइए मात्र बैंकले रकम निकासा दिनेछ, जुन धेरै गाह्रो कुरा हो । बैंकका एक कर्मचारीले भने, ‘‘रकम चलखेल गर्नका लागि नयाँ आर्थिक बर्षमा पनि चेक साटेर बाँड्ने योजना विफल भएको छ ।’’
श्रोतका अनुसार ०९५४८०५ नम्बरको उक्त चेक जिल्ला विकास अन्तर्गतका गाविसहरुको रहेको छ । यस पटक सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको रकम निकासा लिएका छैनन् । श्रोत दिने ती कर्मचारीका अनुसार गाविसहरुको लिस्ट समेत चेकसँग राखिएको कागजातमा उल्लेख गरिएको छ ।
‘असार २९ गते तयार तयार गरिएको चेकलाई सोही मितिमा बैंक प्रमुखले तोक लगाइएको भए रकम निकासा हुन्थ्यो’ बैंक श्रोतले भन्यो, ‘‘अब उक्त रकम फ्रिज भइसकेको छ ।’’
चल्ती हिसाब नम्बर २१८०२०१ नम्बरको चल्ती हिसाब खाताबाट रकम झिक्नुपर्ने थियो ।
गत बर्षहरुमा अन्तिम समयमा आएर पनि जिविस कर्मचारीहरुले बैंकबाट रकम झिकेर कमिसन लिई गाविसहरुलाई रकम दिदैं आएको थियो । यस पटक सोमबार राति कमिसनमा कुरा मिलेपछि तयार पारिएको चेक साट्नका लागि बैंकमा पठाइएको हो । यस पटक सप्तरीका दुई गाविस कालोसूचीमा परिसकेको छ भने चार दर्जन जति गाविसले मात्र तेस्रो किस्ताको रकम निकासा लिएको छ । बाँकीमा कमिसनमा लेनदेन नमिल्दा निकासामा समस्या देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ