News Category 2070/04/02
कमिसनमा कुरा मिलेपछि चार दिनअघि तयार पारिएको चेक बैंकमा बैंकले सोही मितिमा तोक लगाउ“दा रकम निकासा भएन, गाविसहरुलाई समस्या
दैनिक संवाददाता
राजविराज, १ साउन ।
अन्तिम समयमा आएर लेनदेनको कुरा मिलेपछि गाविसको अनुदान रकम निकासा गराउने सहमति भएपनि रु दुई करोडभन्दा बढी रकम निकासा नहुने भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले चेक तयार पारिसकेको अवस्थामा पनि उक्त रकम निकासा नहुने सम्भावना पक्का देखिएको छ । गत बर्षहरुमा अन्तिम समयमा आएर निकासा दिने खेल हुँदै आएपनि यस पटक उक्त खेलको अन्त्य जस्तै भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले गत असार २९ गते तयार गरेको रु दुई करोड ७४ लाख १८ हजार २ सय ९१ रुपैयाँको चेक राजविराजस्थित बाणिज्य बैंकमा साउन १ गते अर्थात मंगलबार आएपछि बैंकले मंगलबारकै मितिमा तोक लगाएको छ । चेक आएकै मितिमा बैंक म्यानेजरले तोक लगाएका कारण रकम निकासा नभएको हो । बैंक म्यानेजर श्याम ठाकुरले चेक आएकै मितिमा तोक लगाएपछि असार मसान्तभित्रै लिइसक्नुपर्ने रकम नयाँ आर्थिक बर्ष शुरु भइसकेकाले निकासा नभएको बैंकले जनाएको छ ।
बैंकका अनुसार तयार पारिएको चेक असार मसान्तभित्रै साट्नुपर्ने थियो । नसाटेका कारण उक्त रकम फ्रिज भइसकेको र अब सम्बन्धित मन्त्रालयबाटै रुजु गराइए मात्र बैंकले रकम निकासा दिनेछ, जुन धेरै गाह्रो कुरा हो । बैंकका एक कर्मचारीले भने, ‘‘रकम चलखेल गर्नका लागि नयाँ आर्थिक बर्षमा पनि चेक साटेर बाँड्ने योजना विफल भएको छ ।’’
श्रोतका अनुसार ०९५४८०५ नम्बरको उक्त चेक जिल्ला विकास अन्तर्गतका गाविसहरुको रहेको छ । यस पटक सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको रकम निकासा लिएका छैनन् । श्रोत दिने ती कर्मचारीका अनुसार गाविसहरुको लिस्ट समेत चेकसँग राखिएको कागजातमा उल्लेख गरिएको छ ।
‘असार २९ गते तयार तयार गरिएको चेकलाई सोही मितिमा बैंक प्रमुखले तोक लगाइएको भए रकम निकासा हुन्थ्यो’ बैंक श्रोतले भन्यो, ‘‘अब उक्त रकम फ्रिज भइसकेको छ ।’’
चल्ती हिसाब नम्बर २१८०२०१ नम्बरको चल्ती हिसाब खाताबाट रकम झिक्नुपर्ने थियो ।
गत बर्षहरुमा अन्तिम समयमा आएर पनि जिविस कर्मचारीहरुले बैंकबाट रकम झिकेर कमिसन लिई गाविसहरुलाई रकम दिदैं आएको थियो । यस पटक सोमबार राति कमिसनमा कुरा मिलेपछि तयार पारिएको चेक साट्नका लागि बैंकमा पठाइएको हो । यस पटक सप्तरीका दुई गाविस कालोसूचीमा परिसकेको छ भने चार दर्जन जति गाविसले मात्र तेस्रो किस्ताको रकम निकासा लिएको छ । बाँकीमा कमिसनमा लेनदेन नमिल्दा निकासामा समस्या देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ