News Category 2071/11/18
सीप सिकेर मात्र युवायुवतीहरुलाई बिदेश जान आग्रह
दैनिक संवाददाता
राजविराज, १७ फागुन ।
सीप बिना नै यहाँका युवाहरु बिदेशिने गरेकाले सीप सिकेर मात्र युवायुवतीहरुलाई बिदेश जानुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
“सकेसम्म स्वदेशमैं रोजगारी गरौं, बिदेश जाने नै भए सीप सिकेर सुचना लिएर मात्र जाऔं” भन्ने मुल नाराका साथ सुरक्षित अप्रवासन परियोजना सामी र हेल्भेटास स्वीसइन्टरको अपरेशन नेपालको सहयोग तथा सबल नेपालको आयोजनामा राजविराजमा आयोजित सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरुको दुई दिने तालिमको समापन्न समारोहमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा कान्तिपुरका पत्रकार दिनेश रेग्मीद्वारा प्रस्तुत तथ्याङ्कमा खासगरी तराईका धनुषा, सिरहा, महोत्तरी र सप्तरी जिल्लाबाट सबैभन्दा बढी युवायुवतीहरु बिदेशिने गरेकाले बिदेशमा सीप बिना बिजोग अवस्थामा पर्ने गरेकाले स्वदेशमै सीप सिकेर मात्र बिदेश जान अनुरोध गरे ।
चालु आर्थिक वर्ष २०७१÷०७२ को माघ महिना सम्मममा सप्तरीबाट २५ जना महिला सहित १३ हजार ५ सय ६७ जना युवायुवतीहरु बैदेशिक रोजगारमा गएको जानकारी दिनुहुँदै उहाँले युवायुवतीहरु बिदेशिए पश्चात १० वर्षमा मुलुकको गरिबी न्युनिकरण हुने तथा युवा रोजगारी जस्ता फाईदाहरु भएको जनाउनुभयो ।
युवायुवतीहरु बैदेशिक रोजगारमा जानुभन्दा पूर्व राजविराजस्थित सुचना केन्द्रमा बैदेशिक रोजगारको बारेमा बिस्तृत रुपमा जानकारी प्राप्त गरेर मात्र बिदेश जान अनुरोध समेत गर्नुभयो । साथै बिदेश जानुभन्दा पहिले युवायुवतीहरुलाई विभिन्न सीप मुलक जानकारी प्रदान गर्नुका साथै बिश्वासिलो एजेन्टमार्फत मात्र जान अनुरोध गर्नुभएको छ ।
राजविराजस्थित जेसिज सभाहँलमा आयोजित सो दुई दिने तालिममा कान्तिपुरका पत्रकार दिनेश रेग्मी, जिल्ला परियोजना प्रमुख देब नारायण चौधरी, सबल नेपालका परियोजना प्रमुख अशोक साह सहितले सहजिकरण गर्नुभएको थियो ।
उक्त दुई दिने तालिममा विभिन्न संचारमाध्यमका करिब तीन दर्जन भन्दा बढी सप्तरीका संचारकर्मीहरुको सहभागिता रहेको आयोजक संस्थाका चन्दन कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ