News Category 2071/11/19
तीन मधेशीसहित दर्जनौं नेता सरकारको सुरक्षा चुनौतीको सूचीमा
दैनिक संवाददाता
राजविराज, १८ फागुन ।
सरकारले तीन मधेशी नेतासहित दर्जनौं नेताहरुलाई सुरक्षा चुनौतीको सूचीमा राखेको छ ।
मधेश स्वराजका अभियानता डा. सिके राउत, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता र नेकपा (माओवादी) का अध्यक्ष मातृका प्रसाद यादवलाई सुरक्षा चुनौतीको सूचीमा राखेको छ ।
मधेश छुट्टै राज्यको माग गर्दै मधेश स्वराजका अभियानता सिके राउतको तराई मधेशमा गतिविधी बढेको र तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताको तराईका भूमिगत समूहसँग सहकार्यको प्रयासको संकेत देखा परेको भन्दै गृह मन्त्रालयले उहाँलाई सुरक्षा चुनौतीको सूचीमा राखेको जनाएको छ ।
यसैबीच तमरा अभियानका संयोजक जयप्रकाश गुप्ताले यस दैनिकसँगको संक्षिप्त कुराकानी गर्दै खुल्ला रुपमा आन्दोलन गर्ने पार्टी वा व्यक्तिलाई सरकारले बन्धनमा बाध्ने सोच बनाइरहेको भन्दै उनीहरुलाई सरकारले झुठा मुद्दामा फसाउने काम समेत गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले भूमिगत संगठनहरुसँग शान्ति सम्झौता गरेर मूलधारमा ल्याउने काम कानुनी र आफूहरु खुल्ला राजनीति मार्फत भूमिगत संगठनहरुको मुद्दालाई राष्ट्रले सम्बोधन गरेर मूलधारमा ल्याउने प्रयास गरिरहेको के गैरकानुनी हो भन्ने प्रश्न गर्नुभयो ।
यता सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनदेखि विप्लव, खुमबहादुर, कमल थापा, त्यस्तै नेत्र विक्रम चन्द ‘विप्लव’ समूह, लिम्बुवान समूह, कट्टर हिन्दुबादी र राजतन्त्रबादीहरुको क्रियाकलाप गर्ने कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्काको सनातन हिन्दु राष्ट्र अभियान लगायतलाई पनि सुरक्षा चुनौतीको रुपमा राखेको छ ।
गृहमन्त्री वामदेव गौतमले संसदको राज्य व्यवस्था समितिको बैठकमा लिखितरुपमा सुरक्षा चुनौती र समस्या पेश गर्नुभएको हो । गृहमन्त्रीको प्रतिवेदनको पहिलो नम्बरमै प्रचण्ड नेतृत्वको मोर्चाको आन्दोलन र संविधानसभाबाट संविधान जारी हुनुहुँदैन भन्ने पक्षसँगको सहकार्यलाई सुरक्षा चुनौतीका रुपमा राखिएको छ ।
त्यस्तै वैद्य र विप्लव माओवादीका साथै लिम्बुवानका विभिन्न समूहका गतिविधिलाई पनि सरकारले सुरक्षा चुनौतीमा राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ