News Category 2081/12/18
ईक्युवालिटी कपमा सप्तरी बिजयी

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरी क्रिकेट टिम बिजयी भएको छ ।
सोमवार सप्तरी र ईलाम बिच भएको खेलमा साक्षी यादबको उत्कृष्ट ब्याटिङले सप्तरीले ईलामलाई ८ बिकेटले पराजित गरेको हो ।
ईलामले दिएको १ सय १८ रनको लक्ष्य सप्तरी टिमले दुई बिकेट गुमाई बिजय हासिल ग¥यो । जसमा साझी यादबले १० चौकाको मदतले अबिजित ६० रन बनाएपछि सप्तरीको जित सुनिश्चित भएको थियो । यस्तै बन्दना रजकले १३ रन र अपेक्षा यादबले ११ रन बनाएकी थिइन् । यस्तै बलिङतर्फ ईलामका टिकामाया तमाङ र मुुना रायले १÷१ बिकेट लिएकी थिइन् ।
यसअघि टस जितेर ईलामले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय १७ रनको योगफल खडा गरेका थियो । जसमा प्रियंका राई ४१ र दिपा लिम्बू १० रन बनाएर अविजित रहीन भने अन्य ब्याटरहरू दोहोरो अंक पार गर्न सकेनन् ।
बलिङतर्फ सप्तरीकी सुस्मिता यादबले दुई ओभरमा १९ रन खर्चेर २ बिकेट हात पारिन भने अपेक्षा यादब, संचिता यादब र बन्दना रजकले समान्य १÷१ बिकेट हात पारेकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीकी साक्षी यादब घोषित भएको टिम ब्यबस्थापक बिना यादबले जानकारी दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ