News Category 2071/11/21
महायज्ञमा ९५ लाख खर्च
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा मुलुकमा शान्ति स्थापना गर्ने उद्देश्यले दश दिनसम्म संचालन भएको विश्व कल्याणर्थ श्री सीताराम नामजप महायज्ञ बुधबार सम्पन्न भएको छ ।
महायज्ञ संचालन समितिका अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधवेन्द्र दास त्यागि जी महाराजले महायज्ञको सम्पन्न गर्नएुभएको हो ।
महायज्ञ संचालन अवधीभर भारतको बृन्दावनस्थित सीताराम आश्रमबाट आएका भजन किर्तन टोलीले भजन किर्तन गरेका थिए । यज्ञमा १ सय ८ किलोको एउटा लड्डु समेत चढाइएको थियो । यस्तै यज्ञ स्थलमा ५५ फिटको हनुमानको मूर्ति समेत निर्माण गरिएको थियो ।
महायज्ञका लागि एक करोड भन्दा बढी चन्दा संकलन भएको थियो भने त्यसमध्ये ९५ लाख खर्च भएको समितिका अध्यक्ष साहले जानकारी दिनुभयो ।
महायज्ञ अवधी भर रामलिला, रासलिला तथा भजन, किर्तन, धार्मिक प्रवचन लगायतका कार्यक्रम चलेको थियो भने यज्ञ स्थलमा १ सय ८ मरुवाको निर्माण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ