News Category 2071/11/21

“हेल्थ डेस्क स्थापनाको माग”

दैनिक समाचारदाता

 दैनिक संवाददाता 
राजविराज, २० फागुन । 
स्वाइनफ्लु रोग सप्तरीमा फैलिन नदिनका लागि सात राजनीतिक दलहरुले भारतसँग जोडिएको नेपाली नाकाहरुमा हेल्थ डेस्क स्थापनाको सम्बन्धित निकायसँग माग गरेका छन् । संघीय समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चित्त नारायण यादव, समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कमानन्द माझि, नेमकिपाका जिल्ला अध्यक्ष दिगम्बर यादव, नेपाल परिवार दलका सदस्य गनु दास, नेकपा मालेका जिल्ला अध्यक्ष उमेश प्रसाद खड्गा, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव र नेपाली जनता दलका जिल्ला अध्यक्ष गुलाब यादवद्वारा जारि संयुक्र विज्ञप्तिमा सो माग गरिएको छ । भारतीय सीमा नाका हुँदै नेपाल भित्रिने व्यक्तिका माध्यमबाट स्वाइनप्mलु भित्रिन सक्ने भन्दै निगरानीका लागि सीमा नाकासँग जोडिएको सप्तरीको तिलाठी, बनैनिया, छिन्नमस्ताको गोविन्दपुर, बेल्ही, रामनगर कोदरकटी, भारदह र पातो नाकामा हेल्थ डेस्क राख्न माग गरिएको छ । यस अघि स्वाइन्फ्लु फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले कुनै सतर्कता नपनाएको सम्बन्धि समाचार यस दैनिकमा प्रकाशित भएको थियो । 
  

प्रतिकृया दिनुहोस