News Category 2071/11/24
हात्तिपाईले रोग निवारणको औषधि तीन दिनसम्म निःशुल्क खुवाइने
राजविराज÷हात्तिपाईले रोग निवारणको औषधि शनिबार सप्तरीमा खुवाइएको छ । शनिबार, आइतबार र सोमबार गरि तीन दिनसम्म सो औषधी खुवाइने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
राजविरावजस्थित गजेन्द्र चौकमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख शैलेश झाले उक्त औषधी खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय झा, शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, विभिन्न कार्यालयका प्रमुख प्रतिनिधी, स्थानिय व्यक्ति, संचारकर्मी लगायतले सो औषधी खाएका छन् ।
यस्तै हात्तिपाईले रोग निवारणको औषधि खान सम्पुर्ण जिल्लावासीहरुसँग जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले अनुरोध समेत गरेको छ ।
सन् २०२० सम्ममा बिश्वबाट हात्तिपाईले रोग निवारण गर्ने लक्ष्य अनुरुप पाँचौ पटक सप्तरी जिल्लामा हात्तिपाईले रोग निवारणको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जानकारी दिनुभयो ।
यस वर्ष सप्तरीका ६ लाख १९ हजारलाई सो औषधि खुवाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
मानिसको शरीरबाट रोगहरु सरुबाबाट उक्त रोग सर्ने गरेकोले एक पटक हात्तिपाईले रोग लागेपछि यो रोग निको नहुने भएकाले लगातार ६ वर्ष सम्म उक्त रोगको औषधि खानुपर्ने प्रावधान रहेको छ ।
सरसफाईमा कमि भएका मुलुकहरुमा उक्त रोग देखापरेको छ । ७० भन्दा बढी मुलुकमा हात्तिपाईले रोगको लक्षण देखिएको छ ।
नेपालको ६१ जिल्लामा हात्तिपाईले रोग निवारण कार्यक्रम संचालनमा रहेकोल सो औषधि खानबाट कोही पनि नछुट्न सम्पुर्ण सर्वसाधारणहरुसँग जनस्वास्थ्यले अनुरोध गरेको छ ।
नेपालको १३ प्रतिशत रोगीहरु रहेको जानकारी दिनहुँदै तराईका जिल्लाहरुमा २० देखि २५ प्रतिशतमा हात्तिपाईले रोगको परजिवी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ