News Category 2071/11/24
राजविराजमा मेची महाकाली योग जागरण यात्रा
राजविराज÷पतंजली योग समिति सप्तरीको आयोजनामा राजविराजस्थित रंगशालामा मेचीमहाकाली योग जागरण यात्रा शिविरको आयोजना गरिएको छ ।
पतंजली योग समितिका नगर संयोजक बद्रीराज भण्डारीको अध्यक्षता तथा राष्ट्र सहप्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यमा आयोजित सो शिबिरमा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, नेकपा एमाले अध्यक्ष गोविन्द न्यौपाने लगायतकाहरुले आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यसअघि शनिबार फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा शिविरमा परिणत भएको थियो ।
फागुन २४ गते देखि २९ गते सम्म संचालन हुने सो योग शिबिर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुनेछ ।
सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट एक सय पाँच जना योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन भएको छ । साथै राजविराजको विभिन्न २७ स्थान र बाँकी जिल्लाको ग्रामिण भेगको ८५ स्थानमा योग शिबिर संचालन हुने मिडिया संयोजक रहेका पतंजलि योग साप्ताहिकका किसुनदेव यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ