News Category 2071/11/26
स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठीमा हेल्थ डेस्क स्थापना
दैनिक संवाददाता
राजविराज, २५ फागुन ।
सप्तरीमा स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठी गाविसस्थित बेल्ही भन्सारमा सोमबार एक कार्यक्रमबीच हेल्थ डेस्क स्थापना गरिएको छ ।
छिमेकी मुलुक भारतमा महामारी झै स्वाइनप्mलु फैलिन थालेपछि सप्तरीमा पनि उच्च सर्तकता अपनाईएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
भारतको बिहार राज्य अन्तरगत सात वटा नाकाहरु सप्तरीसँग जोडिएका मध्ये बेल्ही भन्सारमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जानकारी दिनुभयो ।
भारतीय सीमा नाका हुँदै नेपाल भित्रिने व्यक्तिका माध्यमबाट स्वाइनप्mलु भित्रिन सक्ने भन्दै निगरानीका लागि सीमा नाकासँग जोडिएको सप्तरीको बनैनिया, छिन्नमस्ताको गोविन्दपुर, बेल्ही, रामनगर कोदरकटी, भारदह र पातो नाकामा पनि हेल्थ डेस्क चाडै नै स्थापना गरिने प्रमुख झाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बेल्ही भन्सारका नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, स्थानिय स्वास्थयकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
यस्तै स्वाइनप्mलुका लक्षण, फैलिने तरिका, त्यसबाट हुने क्षति र जोगिने विधिबारे समेत जनचेतनामूलक लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकोे जनस्वास्थ्य प्रमुख झाले बताउनुभयो ।
प्रमुख झाका अनुसार सप्तरी जिल्लामा स्वाइनप्mलु भित्रिन नदिनका लागि जिल्लाको सदरमुकाम राजविराजका साथै सीमावर्ती नाकाहरुमा स्वास्थ्यकर्मीलाई पुर्व तयारी अवस्थामा राखिएको छ । उहाँले स्वास्थ्यकर्मीको टोलीले स्वाइनप्mलुको शंका लाग्ने व्यक्तिलाई तत्कालै विशेष निगरानीमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यस्तै सीमा क्षेत्रमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीहरुसँग सहकार्य गरि सप्तरीमा स्वाइनप्mलु भित्रिन नदिनका विभिन्न जनचेतना फैलाउँनुका साथै सर्वसाधारणहरुलाई सो बारेमा जानकारी समेत प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
साधारण रुघाखोकी, नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नुजस्ता लक्षण सो रोगमा देखिने जानकारहरुको भनाई छ ।
इन्फलुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइनफलु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यता स्वाइनफलु संक्रमणले भारतमा सयौं जनाको मृत्यु भईसकेको छ । रुघाखोकी, घाँटी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् । यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबितिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ