News Category 2082/02/09
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान

दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
राजविराज नगरपालिकाका सरसफाई कर्मचारीहरु दुई दिन देखी काम बन्द गरी आन्दोलनमा उत्रेपछी नगरक्षेत्रको फोहर संकलन कार्य बन्द भएको छ । जसले गर्दा बजारक्षेत्र दुर्गन्धीत बन्न पुगेको छ ।
गत वर्ष असार महिनाको १६ दिनको बक्यौता तलब पाउनु पर्ने माग राख्दै विहीवारदेखी राजविराज नगरपालिकाका सरसफाईकर्मीहरु काम बन्द गरी धर्नामा वसेका हुन ।
नगरपालिका कार्यालयका योजना फाँटका अधिकृत मनोज यादवका कारण समयमा तलब पाउन नसकेको उनीहरुको गुनासो छ । सरसफाईकर्मीहरु काम छाडेर आन्दोलनमा उत्रेपछि नगरक्षेत्रको फोहर मैला व्यवस्थापन गर्न समस्या उत्पन्न हुने देखेर शुक्रवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको पहलमा कार्यपालिकाको बैठकबाट निर्णय गरि उनीहरुको बाकी तलब तत्काल भुक्तानी गरिएको छ । तर तलब पाएपनि आन्दोलनरत सरसफाईकर्मीहरुले पुनः अर्काे माग राखी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन ।
सरसफाईकर्मी युनियनका अध्यक्ष मनोज मेहतरले योजना अधिकृत यादवले बेलैमा तलब खुवाउन असहयोग गरेको तथा धर्नामा वस्दा आफुहरुलाई गाली बेइज्जत गरेको गुनासो गर्दै निजलाई अन्यत्र सरुवा नगरे सम्म काममा नफर्कने अडान राखेका छन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले योजना अधिकृत यादव कै कारण नरपालिकामा समस्या उत्पन्न हुने गरेको सुनाईन । उनले सरसफाईकर्मी संग मात्र नभई योजना अधिकृत यादवले आफुलाई समेत गाली बेइज्जत र कार्यालयमा उपद्रव मच्चाएको बताईन ।
दुई दिन अघि अधिकृत यादवले केही बाहिरी गुण्डाहरु ल्याएर आप्mनो कार्यकक्षमा प्रवेश गरि तोडफोड र गाली गलौज गर्दै उपद्रव मच्याए पछी आफुले उनी विरुद्ध प्रहरीमा उजुरी दिएको समेत जानकारी दिइन ।
उनले नगरपालिकाको प्रत्येक फाँटमा अनावश्यक हस्तक्षेप गर्ने र वेला वेलामा उपद्रव मचाई सेवा प्रवाहलाई प्रभावित बनाउने योजना अधिकृतलाई कारवाहीका लागी सम्बन्धित निकायमा पहल भईरहेको जानकारी समेत गराएकी छिन ।
उनले नगरपालिकाका सरसफाइ कर्मचारी काम छोडेर आन्दोलनमा उत्रेपछी बजार क्षेत्रका फोहर उठाउन समस्या भएको भन्दै समस्या समाधानका लागी आफुहरुले आवश्यक पहल गरिरहेको जानकारी समेत दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ