News Category 2082/02/10
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
राजविराज÷हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउापालिका ५ मलेकपुर सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
पत्थरगाढाबाट ईटा बोकेर राजविराजतर्फ आउँदै गरेको स.१त. ५४४२ नं. को ट्याक्टरमा विपरित दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१९प.९६२६ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई अचानक ट्याक्टरमा ठोकिन गई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २० बर्षिय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भिर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मंडलको अस्पताल पु¥याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का गम्भिर घाइते सोही वडाका १८ बर्षीय धनन्जय यादवको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
घटनापछी फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्रा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछी बिराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ