News Category 2082/02/11
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
दैनिक समाचारदाता
संखुवासभा, ११ जेठ ।
नेपाल–भारत मैत्री संघको केन्द्रिय कार्यांलयले आईतवार आयोजना गरेको निःशुल्क पाठेघर र स्तनक्यान्सर स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
संखुृवासभाको धर्मदेवी नगरपालिकामा आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा एकै दिन ५ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
भक्तपुर क्यान्सर अस्पतालको विज्ञ समुहको प्राविधीक सहयोग तथा धर्मदेवी नगरपालिकाको समन्वयमा वडा नं.३ को कार्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७५ जना महिलाको स्वास्थ्य परिक्षण, प्रारम्भीक उपचार र निःशुल्क औषधी सहित उक्त रोगबाट बच्ने उपायबारे आवश्यक सचेतना समेत प्रदान गरिएको नेपाल–भारत मैत्री संघले जनाएको छ ।
केन्द्रिय अध्यक्ष तथा सप्तरी निवासी शैलेन्द्र मोहन झाले आर्थिक अवस्था कमजोर भएका तथा लोकलाजका कारण पनि रोग लुकाउने अवस्थामा रहेका महिलाहरुलाई लक्षित गरी यस्तो शिविर आयोजना गरिएको बताए । उनले यस्तो शिविर क्रमिकरुपमा देशका अन्य जिल्लामा समेत संचालन गर्ने योजना रहेको सुनाए ।
धर्मदेवी नगरपालिकाका मेयर उदय चन्द्र पौडेलको अध्यक्षता तथा नेपाल–भारत मैत्री संघका केन्द्रिय अध्यक्ष झाको प्रमुख आतिथ्यमा उदघाटन गरीएको शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्जवल चालिसेको नेतृत्वमा २५ सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको शिविरका आयोजक नेपाल भारत मैत्री संघले जनाएको छ ।
सो अवसरमा संघका कोषाध्यक्ष अरुण कुमार सिह, केन्द्रीय सह प्रमुख सल्लाहकार लोकन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य खडक बहादुर थापा, भक्तपुर क्यान्सर अस्पतालका परार्मशदाता प्रमोद एजु ढकाल समेतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ