News Category 2071/11/27
न्यायका लागि पीडित महिला भौतारिदै
दैनिक संवाददाता
राजबिराज, २६ फागुन ।
आप्mनै हजुर बुबाको नाती अर्थात दाईले गर्भ बोकाएर फरार भएपछि अहिले न्यायको लागि एक पीडित महिला भौतारिरहेकी छिन ।
सप्तरीको मलेठ गाविस ५ निवासी मो.अलि हुसेनकी २० वर्षिया छोरी ममिना खातुन र सोही ठाउँका २३ वर्षिय मो.सदामबिच प्रेम भएको थियो । उनीहरुको प्रेम प्रसङ्गकै क्रममा ममिना गर्भवति भएपछि छोरालाई जन्म दिएको र केही दिन लगत्तै सदाम बैदेशिक रोजगारको शिलशिलामा सउदी अरब पुगेको पीडितले बताएकी छिन ।
सँगै जिउँने बाँच्ने कसम खाएका सदाम बिच बाटोमै छोडेर आफनो श्रीमान बिदेश गएपछि सात महिनाको छोरा सहित अहिले ममिना न्यायको लागि भौतारिरहेकी छिन ।
बच्चा जन्मेपछि सदाम आफुसँग निगाह अर्थात विवाह गर्न तयार हुदाँ हुँदै पनि सदामका बुबा तैयव मियाँ र उनका परिवारजन समेतले आफुसँग निगाह अर्थात बिवाह गराउँन नदिने पक्षमा रहेको तथा पछि आप्mनो श्रीमानलाई बिदेश पठाएपछि अहिले सात महिनाको छोरा मो.नजाम सहित बिच्चलीमा परेको बताईन ।
आफुमाथि भएको अन्यायको लागि जिल्ला अदालतमा नाता कायम र अंश मुद्दा दायर गरेका पछि डिएनए परीक्षणको लागि समेत मुद्दा दायर गर्दा अहिले मुद्दा फैसला हुन नसकेको उनले बताईन ।
पीडितले मंगलबार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी आफु पीडित रहेको बताउँदै उनले आफुमाथि न्याय दिलाई दिनको लागि संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ