News Category 2082/02/11
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी
दैनिक समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
गणतन्त्र दिवसको अवसर मधेस सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्ने भएको छ ।
गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले यही जेष्ठ १५ गते गणतन्त्र दिबसको अवसरमा एक समारोहका बिच यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान सहित अभिनन्दन गरिने जानकारी दिएका छन् ।
प्रदेश सरकार प्रवक्ता समेत रहेका सञ्चार मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र यस प्रदेशका आठै जिल्लास्थित रहेका नेपाल पत्रकार महसघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामाबली उपलब्ध गराइ दिन आग्रह समेत गरेका छन् ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ