News Category 2082/02/12
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले तीन दिवसीय कार्यक्रमसहित यस वर्षको गणतन्त्र दिवस मनाउने भएको छ ।
गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजविराज दैनिकसँग कुराकानी गर्दै यस वर्षको गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री लेखीले भने, “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गर्न लागेको हो । उनले थपे, “यस बाहेक प्रदेश सरकारले संचारकर्मीहरुको जिवन वीमाका लागि आगामी बजेटमा रकम बिनियोजन गर्दै छ ।”
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” उनले भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई तथा रक्तदान, १५ गते “गणतन्त्रको उपलब्धी र चुनौती” सम्बन्धी विचार गोष्ठी, प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान तथा जेठ १६ गते जनकपुरस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई दिवा भोजन खुवाउने कार्यक्रम तय गरिएको मन्त्री लेखीले बताए ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ