News Category 2071/11/28
च्याउ खेतीमा होमिए युवायुवतीहरु दिनहुँ २० देखि ३० किलोसम्म च्याउ बिक्रि गर्दै
शुभ नारायण यादव
राजविराज, २७ फागुन ।
भनिन्छ, मेहनतको फल बास्तवमै मिठो हुन्छ ठिक यस्तै यहाँका युवाहरु व्यवसायीक च्याउ खेतिबाट मासिक राम्रो आम्दानी गर्दै आएका छन ।
बेरोजगारीका कारण यहाँका युवाहरु बिदेशिने क्रम बढिरहेको अवस्थामा यहाँका युवायुवतीहरुले राजविराज नगरपालिका वडा न. ८ स्थित बेमौसमी च्याउ खेति उद्योग संचालन गरी घरमै बसेर मासिक राम्रो आम्दानी गर्दै आएका छन ।
राजविराज नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा मानवअधिकार तथा ग्रामिण युवा परिवर्तन हुर्क नेपालको आयोजनामा च्याउ खेति सम्बन्धि ५ दिने तालिम पश्चात् यहाँका युवायुवतीहरु व्यवसायिक रुपमा च्याउ खेतितर्फ आकर्षित भएको संस्थाका अध्यक्ष पार्थो सरकारको भनाई छ ।
हाल उक्त संस्थाका अध्यक्ष पार्थो सरकार, इन्दु गिरी, कमली उपाध्याय र सुनिता बस्नेत सहित मिलेर व्यवसायीक रुपमा च्याउ खेति तर्फ आकर्षित भएका छन ।
शुरुमा १५ हजार लगानी गरेर झापाको उर्लाबारीबाट च्याउको बिउँ ल्याएर च्याउ खेति शुरु गरेको तथा हाल व्यवसायिक रुपमा च्याउ खेतिबाट मासिक १० देखि २० हजार सम्म आम्दानी गर्दै आएको अध्यक्ष सरकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुरु शुरुमा कमै च्याउको माँग आएपनि हाल दिनहुँ २० देखि ३० किलो सम्म च्याउ बिक्रि हुँदै आएको छ ।”
प्रति किलो १ सय ५० रुपैयामा बिक्रि हुने च्याउ अहिले सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको अन्य बजार तथा ग्रामिण भेगहरुमा समेत बिक्रि वितरण गर्दै आएका छन् ।
व्यवसायीक रुपमा शुरु गरेको च्याउको माँग अहिले दिन प्रतिदिन बढदै गएको तथा एक महिनाको अवधिमा करिब ६५ किलोसम्म च्याउ बिक्रि गरिसकेको उहाँको जानकारी दिनुभयो ।
अहिले बेरोजगारीका कारण यहाँका युवायुवतीहरु बिदेशिने तथा आफनै देशमा व्यवसायीक रुपमा च्याउ अथवा अन्य खेति गरेमा बिदेशको जस्तो स्वदेशमै कमाउँन सकिने विश्वास अध्यक्ष सरकारको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ