News Category 2071/11/30
अनेम संघ क्रान्तिकारीद्वारा बालिकाको बलात्कारपछि मृत्युप्रति ध्यानार्षण जारि आन्दोलनमा ऐक्यबद्धता
दैनिक संवाददाता
राजविराज, २९ फागुन ।
अखिल नेपाल महिलासंघ क्रान्तिकारीले बाराकी ७ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कलैयामा भैइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
क्रान्तिकारीका मिथिला राज्य समिति संयोजक एंव केन्द्रीय सचिवालय सदस्य रुवी कर्णद्वारा शुक्रबार जारि विज्ञप्तिमा सर्वसाधरण, नागरिक, युवा, विद्यार्र्थी, राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थिति र समर्थनमा बाराको कलैयामा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाईएको उल्लेख छ ।
पीडित परिवारले छोरीहरुले इज्जतका साथ बाँच्न पाउने वातावरण र बलात्कारी बिरुद्ध कडा कानुनको माग गर्दै समाज जागेको भन्दै विज्ञप्तिमा अभियानमा आफ्नो संगठनले साथ दिने जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सात वर्षीया बालिकादेखि वृद्धा महिलासम्म बलात्कारीको शिकार बनेको र भर्खरै काठमाण्डौंमा कक्षा १० मा अध्ययनरत दुई छात्रामाथि भएको एसीड प्रकरणले नेपाली महिलाहरु निकै मर्माहित भएको र यसले महिलाहरुको मनभित्र आगो सल्काईको छ । अबका दिनमा यस्ता अपराधले स्थान नपाओस् भन्नेमा सबै सचेत हुनु जरुरी छ ।”
साथै विज्ञप्ति मार्फत सात वर्षिया बालिकाको उपचारको क्रममा कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरले विक्षिप्त बनाएको अवस्थामा शोकलाई शक्तीमा बदलेर मृत्युको कारणका बिरूद्ध सबैको आवाज एक हुनुपर्नेमा जोड दिदै एसीड र पूजा हत्या प्रकरणका दोषीलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ