News Category 2071/12/01
गर्मिमा बालुवा, वर्षामा हिलो हुने बाटोप्रति कसैको ध्यान पुगेन्
शुभ नारायण यादव
राजविराज÷राजविराज बेल्ही भन्सार सडकखण्ड निमार्ण नहुदाँ सप्तरीको दक्षिणी भेगका दर्जनौ गाविसका हजारौ जनतालाई सदरमुकाम आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । यो सडक खण्ड सप्तरीको एक मात्र राजविराज भन्सार कार्यालय जाने मुख्य बाटो हो ।
सो सडक खण्डको जिल्लाको बरही बिरपुर लोखरम हुँदै तिलाठी र भारतको कुनौली बोर्डरसम्म अर्थात करिब चार किलोमिटरको सडक बर्षौदेखि जिर्ण हुदाँ त्यस भेगका कोचाबखारी, लालापटी, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाका हजारौ जनतालाई दिनहुँ सदरमुकाम आवत जावतमा समस्या उत्पन्न हुने गरेको उनीहरुको गुनासो छ ।
सडकको यस्तो अवस्था हुँदा समेत उक्त सडक मर्मत सम्भारका लागि राज्य तथा सम्बन्धित निकायले हालसम्म कुनै चाँसो नदेखाएको टेम्पो व्यवसायीहरुले आरोप लगाएका छन । सो सडक खण्डको तिलाठीदेखि बेल्ही भन्सार सम्मको बाटोमा अहिले बिच बाटोमै वालुवा पुरिएको छ भने वर्षायाममा हिलो हुने भएको दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ ।
सो सडक खण्डको करिब चार किलोमिटर सम्मको सडक जिर्ण भएका कारण दिनहुँ सदरमुकाम आवत जावतका लागि निकै कठिनाई भोग्नुपरेको रम्पुरा मल्हनिया गाविस ४ डलबाका उमेश कुमार यादवको भनाई छ ।
सो सडक मर्मत सम्भार हुन नसकेका कारण खासगरी बर्षायाममा सो सडक भएर राजविराज आवत जावतमा निकै समस्या भोग्नुपरेको छ ।
सडकको यस्तो अवस्थाका कारण दिनहुँ उक्त सडकमा संचालित करिब एक दर्जन टेम्पो चालकहरुलाई समेत सदरमुकाम राजविराज तथा राजविराजबाट कुनौली सम्म आवत जवात गर्नमा निकै कठिनाई हुने गरेको गुनासो स्थानीय टेम्पो ब्यवसायीहरुको रहेको छ ।
यसैबिच सो सडक खण्डको तिलाठी गाविसस्थित खाँडोमा निमार्ण भईरहेको पुल सुस्त गतिमा भईरहेको प्रति स्थानीयबासीहरु आक्रोश पोखेका छन । साथै उक्त सडक खण्ड अबिलम्ब मर्मत सम्भार नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयबासीहरुले दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ