News Category 2082/02/30
पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजबिराजस्थित पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यका लागि शुक्रबार शिलान्यास गरिएको छ ।
राजबिराज वडा नं. ५ स्थित पविमाबि खेलमैदानमा स्तरोन्नती कार्यको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा कृषि बैज्ञानिक डा. जयकान्त राउतले शिलान्यास गरेका हुन् ।
स्तरोन्नती कार्य अन्तर्गत मैदानको सुरक्षाको लागि गेट, क्रिकेट प्रतियोगिता प्रयोजनको लागि साईड स्किन र पिच कोभर लगायतको कार्य हुने भएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समाजिक बिकास ईकाई कार्यक्रम मार्फत २५ लाखको लागतमा खेलमैदान स्तरोन्नती निर्माण कार्य हुन लागेको सप्तरी क्रिकेट सँघका कोषाध्यक्ष तुलानाथ माझीले जानकारी दिए ।
उक्त स्तरोन्नती कार्यको लागि स्थानिय उपभोक्ता मार्फत असार मसान्त भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष बिवेक कुमार चौरसियाँले बताए ।
उक्त अवसरमा जनमत पार्टी जिल्ला अध्यक्ष रामगमन साह, वडा ५ का अध्यक्ष बन्धुलाल दास, वडा सदस्य आशा तमाङ, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंह, सचिव चन्दनकुमार यादब, सदस्य धर्मेन्द्र चौधरी, संजय कार्की, गजेन्द्र माझी लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ