News Category 2071/12/01
योग शिविर सम्पन्न
राजविराज÷पंतजली योग समिति नेपालद्वारा राजविराजस्थित रंगशालामा आयोजित योग जागरण शिविर शनिबार सम्पन्न भएको छ ।
योग विज्ञान शिविरका जिल्ला संयोजक गजराज पाण्डेको अध्यक्षता तथा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा शिविरको समापन गरिएको हो ।
सो कार्यक्रममा योग विज्ञान शिविरका नगर संयोजक बद्रीराज भण्डारी, पंतजली योग समिति सप्तरीका अध्यक्ष रामस्वरुप चौधरी, महिला अध्यक्ष मिठु बस्नेत, यूवा प्रभारी किशोर साह लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा योग प्रशिक्षक राजकुमार साह र चित्र बहादुर कार्की, महिला योग प्रशिक्षक पपिता चौधरी, कला चौधरी र पत्रकार मनोहर पोखरेल समेतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्की, मार्गदर्शक थानसिंह भंसाली, समाजसेवी सत्यनारायण शर्मा लगायतले योग बारेमा चर्चा गर्नुभएको थियो ।
यसअघि फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा फागनु २३ गते शिविरमा परिणत भएको थियो ।
सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट एक सय पाँच जना योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ