News Category 2082/03/02
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
दैनिक समाचारदाता
राजविराज, २ असार ।
राजबिराज नगरपालिकाका कर्मचारीहरुले कुटपिट, गालीगलौज गर्नेमाथी कारवाही तथा काम गर्ने भयमुक्त वातावरणको माग गर्दै तेस्रो दिन सोमबार पनि पेन डाउन गरी कामकाज ठप्प पारेका छन् ।
कमर्चारीहरूले दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता नभएसम्म आन्दोलनलाई जारि राख्ने अडान लिएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
यस्तै कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घटना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन ।
नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने अडान दोह¥याएका छन् । “म माथी संघातिक हमला गरियो, सुनको सिक्री समेत लुटे ।” उनले भने, “उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं, निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था छैंनौं ।”
उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखे ।
गत जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भईरहेको आन्दोलनको क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृतमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हरिकिशोर प्रसाद चन्द्रबंशीलाई सरुवा गरेर पठाएपछी उनको सोमवार पद बहाली समेत भएको छ ।
तर कुटपीट र लुटपीटमा संलग्नहरुलाई कारवाही र क्षती पुर्ती माग्दै धर्नामा वसेका कर्मचारीहरु भने काममा फर्किएका छैनन । उनीहरुले माग पुरा नभएसम्म काममा नफर्कने अडान लिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ